शनिबार, बैशाख १५, २०८१

लोकतन्त्र मेलालाइ सम्बोधन गर्दै नेता निधीले भने- लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प छैन

काठमाडौ असोज ४, नेपालको संविधान जारी भएको ३ वर्ष पूरा भइ चौथो वर्षमा प्रवेश गरेको अवसरमा राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्दारा राजधानीको बसन्तपुरमा आयोजित तीनदिने लोकतन्त्र मेलाको उदघाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ‘संविधानप्रति विमति रहेकाहरुलाई पनि चुनावमा सहभागी गराउन सक्नु दलहरुको सफलता भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले निधिले जनताको व्यापक सहभागितामा निर्माण गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको जिकिर गर्दै मुलुकलाई समृद्ध बनाउन पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प नभएको बताउँनु भएको छ  । मेलामा डेनमार्क, बेलायत, केन्या, भारत र पाकिस्तानका सांसदहरुको सहभागिता रहेको छ । मेलाको सुभारम्भ अघि उहाँले बसन्तपुर दरवार क्षेत्रको अवलोकन गर्नु भएको थियो । फोटो: विष्णु विष्ट

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।