शनिबार, बैशाख १५, २०८१

संसदीय सुनुवाइ समितिद्दारा अख्तियारको प्रमुख आयुक्तमा अनुमोदित घिमिरेले लिए सपथ

 काठमाडौ असोज ४, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले  संवैधानिक परिषद्ले गत २० गते अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेका को नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णका अनसार आजको बैठकले घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उहाँको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको जनाएको छ ।  मुख आयुक्तमा अनुमोदित घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्दै भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने पैतिवद्धता अभिव्यक्त गर्नुभएको थियो ।

यसैवीच ख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तान अनुमोदित नवीनकुमार घिमिरेलाई सर्वोच्चका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराउँनु भएको हो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।