मङ्लबार, बैशाख १८, २०८१

शुल्क फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठन आन्दोलित

 काठमाडौं वैशाख ११,   निजी विद्यालयले मनोमानी रुपमा लिदै आएको शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै संयुक्त विद्यार्थी संगठन आन्दोलीत भएका छन ।  संयुक्त विद्यार्थी संगठनको आज बसेको बैठकले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ विपरीत निजी विद्यालयले लिएका शुल्क फिर्ताको मागका लागि आन्दोलित हुँदै आन्दोलन घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार प्रधानमन्त्री केपी ओलीलाई शुल्क वृद्धि फिर्ता गराउन दवाव दिन ज्ञापनपत्र बुझाउनेदेखि शिक्षा विभाग घेराउ गर्नेसम्मका कार्यक्रम रहेका छन ।

बैठकमा अनेरास्ववियुका कावा अध्यक्ष बर्तौला, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेल र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष निरज लवजुलगायतको सहभागिता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।