मङ्लबार, अशोज १६, २०८०

कक्षा १२ को परीक्षाफल सार्वजनिक,५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौ साउन ३०,
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेसंगै बैठकलगत्तै पत्रकार सम्मेलन गरी बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

सार्ववनिक परीक्षा परिणाम अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएको कक्षा १२ को परिणाममा ५०.९१ प्रतिशत अर्थात एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ। त्यस्ते ५१ जनाको परीक्षा रद्द गरिएको जानकारी बोर्डका प्रवक्ता अर्यालले दिनुभयो ।

 साथै नतिजा थाहा पाउँन बोर्डको वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मको प्रयोग गर्न सकिने बोर्डले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु