शुक्रबार, बैशाख २८, २०८१

मन्त्रिपरिषद् बैठक: भूउपयोग नियमावली पारित, जग्गाको कित्ताकाट र नामसारी सबै फुकावा गर्ने निर्णय

 ‘क्वार्ज क्रिस्टल’ गोरखामै राख्ने सरकारको निर्णय

काठमाडौ साउन ३०,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली पारित गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरेको छ ।
प्रस्तुत निर्णय अनुसार जग्गाको कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकावा भएको छ ।

त्यस्तै बैठकले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ [क्रिष्टल क्वार्ज] गोरखा दरबारमै राख्ने निर्णय गरेको छ। “त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णयसंगै धन्यवाद ज्ञापन गर्दै बहुमूल्य ‘स्टोन गोरखा दरबारमै राख्ने निर्णय गरेको हो ।

साथै नवनियुक्त सङ्घीय मामिला तथा सङ्घीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा हुनुभएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको बैठक पछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु