बिहिबार, बैशाख १३, २०८१

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं मंसिर १७,
राष्ट्रिय परीक्षा बोर्ड आज बसेको बैठकको निर्णय अनुसार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । गत ३० भाद्र देखि ८ असोजसम्म सञ्चालन भएको थियो ।

परीक्षामा सहभागी कुल ३ लाख ७४ हजार विद्यार्थी मध्ये ७ हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५१५ परीक्षार्थीले ‘सी’, ३ हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’, २९६ परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

यसैबीच कोभिड संक्रमणका कारण परीक्षा दिन छुटेका ४१ जना परीक्षार्थीहरूले गत बुधबारदेखि परीक्षा दिइरहेका बोर्डले जनाएको छ । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र नतिजा प्रकाशित गरिने जानकारी समेत वोर्डले दिएको छन ।