मङ्लबार, चैत्र १४, २०७९

ज्ञानोदयका पूर्व विद्यार्थीद्वारा गुरुहरु सम्मानीत

काठमाडौ असार २९,
गुरु पूर्णिमाको अवसरमा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल ज्ञान द्वारा आज एक कार्यक्रमकावीच विद्यालयका शिक्षकहरुलाई सम्मान गरेको छ।
कार्यक्रममा ज्ञान का पूर्व अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य साधुराम गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा  अँध्यारोबाट उज्यालोतर्फ डोर्याउने जीवनका मार्गदर्शक विद्यालयका पूर्व प्रअ धनञ्जय शर्मा अधिकारीका साथै शिक्षकहरु डिल्लीराम रिमाल, महेश्वर यादव, ज्वाला नेपाली, गुलशन प्रधान, ईश्वरी भट्टराई, रोहिणी मल्ल, सुजन कुवर, कुलदिप बुढाथोकी, श्याम कुमार गुरुद्र, विद्यादेवी गुरुङ्ग, सुष्मा शर्मा, रामबाबु खड्का, नारायण प्रसाद सापकोटा, सप्रअ विष्णु रिमाल लाई सम्मान गरिएको थियो ।

त्यस्तै गुरु सम्मान कार्यक्रममा वोल्दै ज्ञान का पूर्व अध्यक्ष गौतमले ज्ञान ले स्थापनाकाल देखिनै विविध सामाजिक कार्यक्रम गर्दै आएको र अझै यस्ता कार्यहरु विस्तार गर्दै जानु पर्ने बताउँनुभयो ।

त्यस्तै विद्यालयका पूर्व प्रअ अधिकारीले ज्ञान विद्यालयको लागि एउटा शक्ति हो, यसले गर्दै आएका गतिविधिहरु तारिफयोग्य रहेको बताउनुभयो । त्यस्तै सम्मानीत शिक्षकहरुको तर्फबाट महेश्वर प्रसाद यादव विद्यालयका प्रअ नातिकाजी महर्जन लागयतले वोल्नु भएको उक्त कार्यक्रममा विद्यालयले आयोजना गरेको कविता वाचन प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय र सान्त्वना पुरस्कार विजेता क्रमस आयुषा आचार्य, अस्मिता विश्वकर्मा, आकृति अधिकारी र रक्षा तिवारीलाइ प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

त्यस्तै गरि कार्यक्रममा ज्ञानका अध्यक्ष रूपचन्द्र पन्तले सम्मानीत गुरुजन प्रति बधाइ 1fपन गर्दै यस्ता कार्यक्रमले शिक्षक विद्यार्थीवीच नयाँ सम्बन्धको आयाम सिर्जना गर्ने बताउनुभयो । कार्यक्रम संसथाका सचिव राम महर्जनले संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष निरु महर्जनले व्यक्त गर्नु भएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930