मङ्लबार, चैत्र ६, २०८०

न्यायालयमा बढ्दो विचौलियाको चलखेल रोक्न विशेष समिति गठन

सङ्क्रमण बढेसंगै सर्वोच्चको सेवा प्रवाहमा कटौती

काठमाडौ साउन ३० ,
सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने यावत विकृतिसंगै अनियमितता बढ्दो चरम अराजकता तथा विचौलियाको चलखेल रोक्न न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ । यसअघि नेपाल बार एसोसिएशनले न्यायलयामा मौलाएको विचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र अविलम्ब गठन गर्नुपर्ने माग सहित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई गत सोमवार १७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको       थियो ।

गठित समितिको सदस्यमा न्याय परिषद्, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका प्रतिनिधि रहने र समितिलाइ अदालतमा बिचौलियाबाट हुन सक्ने क्रियापलाप तथा त्यसको रोकथामका उपायका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनसमेतको अध्ययन गरी त्यस्ता क्रियाकलाप कानूनी र संस्थागत रुपमै रोक्न समितिलाई ३ महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिईएको छ ।

यसैवीच सर्वोच्च अदालतले कोभिड– १९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएपछि आगामी भाद्र १५ गतेसम्मका लागि सेवा कटौती गर्ने भएकोे छ । अदालतद्दारा आज जारी सूचनामा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, संवेदनशील विषय, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता तथा सुनुवाइ एवं मुद्दा फिर्ता र मिलापत्रका काम गर्ने जनाएको हो ।

त्यस्तै जारी सूचनामा काठमाडाँैं उपत्यकामा समेत सङ्क्रमण बढ्दै गएको र परीक्षणबाट यस अदालतका कर्मचारी, न्यायाधीशका निजी सुरक्षाकर्मी समेतमा सङ्क्रमण देखिई माननीय न्यायाधीशहरू नै होम क्वारेन्टाइनमा रहनु परेको अवस्था छ रहेको भनिएको छ, । त्यस्तै काठमाडौंँ उपत्यकाका हकमा भने यही साउन ८ गतेदेखि शुरु भएको हदम्याद, म्याद र तारिखमा उपस्थित हुनु व्यवस्था मिलाइएको सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।