मङ्लबार, चैत्र ६, २०८०

बढदो कोभिडको जोखिमसंगै उपत्यकामा बिभिन्न गतिविधिमा प्रशासनले लगायो १५ दिने रोक

काठमाडौ साउन  ३०,

उपत्यकामा   बढ्दो  कोभिड जोखिमसंगै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका  प्रमुखहरूको संयुक्त बैठकले आज रातिदेखि भाद्र १५ गतेसम्म लागि मानिस भेला हुने लगायतका कार्यक्रममा  सञ्चालन र आयोजनामा  १५ दिनसम्म रोक लगाइएको  छ

  काठमाडौंका   जिल्ला  प्रशासन कार्यालयद्दारा जारी विज्ञप्तिमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि  सभा जुलुस , जात्रा र महोत्सव संगै पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँमा  भेला हुन  समेत रोक लगाइएको उल्लेख गरिएको छ । त्यस्तै  विज्ञप्तिमा  शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना संचालन गर्न पनि रोक लगाइएको  उल्लेख गरिएको  जनाएको छ ।

साथै फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलनमा पनि प्रशासनले प्रतिबन्ध लगाएको छ । उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार  गर्न  र  होटल रेस्टुराँ बाट टेक वे बाहेक  संचालन गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख गर्दै जारी ूचनाको वर्खिलाप   गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि   कडा  चेतावनी छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।