मङ्लबार, चैत्र ६, २०८०

उपत्यका थप १ सय १९ जना सहित थप ५ सय ९४ जना कोभिड संक्रमित थपिए

काठमाडौ साउन ३०,
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ वटा पीसीआर परीक्षणको क्रममा काठमाडौंका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना गरि काठमाडौं उपत्यका थप १ सय १९ जना सहित नेपालमा थप ५ सय ९४ जना कोभिड संक्रमित थपिएका छन । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २५ हजार ५ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म १७ हजार ७७ जना उपचार पछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न अस्पतालका आइसोलेसनमा ७ हजार ९ सय १३ जना संक्रमितको उपचार भैरहेको छ भने देशभरका क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना रहेको जानकारीदिनुको अलावा पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९९ पुगेको छ । मृत्यु हुनेमा विराटनगरका ३० वर्षीय पुरुष, सिराहका ४० बर्षिय पुरुष, बाराका ५० र ६५ बर्षिय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु