आइतवार, बैशाख १६, २०८१

नेकपा स्थायी कमिटी : पार्टी भित्र मौलाएको संकटको सकारात्मक निकास पहिल्याउँने जिम्मा प्रचण्डलाइ

काठमाडौं साउन १३,
सत्तारुढदल नेकपाका अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विधि विपरितका व्यवाहर र गृहकार्यका कारण पार्टी भित्र अनेकन समस्या सिर्जना भएको ठहर गरेका छन ।

यद्यपी पार्टीभित्र चुलिएको विवादको निकास पहिल्याउँन बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी ओलीसँग संवाद गर्न कार्यकारी अध्यक्ष प्रचण्डलाइ २९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्यसहितको बैठकले जिम्मेवारी दिएको हो ।

साथै आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान समेत गरेको छ।

आन्तरिक समस्या समाधानका लागि दुई अध्यक्षबीच संवाद हुनुपर्नेमा जोड दिँदै त्यसको जिम्मेवारीसमेत अध्यक्ष दाहाललाई दिएको हो ।त्यस्तै गरि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मी संग कुराकानी गर्दै आजको बैठक अघिल्लो स्थायी कमिटीको बैठकको निरन्तरताअनुसार बसेको र त्यसमा नियमित कार्यसूचीभन्दा पनि पार्टीको आन्तरिक समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो ।

साथै उहाँले बहुमतीय प्रक्रियाबाट निर्णय गर्नुभन्दा पनि सबै नेताले दिनुभएको सुझावका आधारमा सहमतिमानै अगाडि बढ्नुको विकल्प नभएको र बहुमत र अल्पमत प्रक्रियाबाट छिटो निर्णय गर्नुभन्दा पार्टीको सबै नेताले दिएको सुझावका आधारमा सहमतिपूर्ण निर्णय गर्न यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाइ दिएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।