शनिबार, बैशाख १५, २०८१

कोभिडको बढ्दो संक्रमणका कारण मछिन्द्रनाथको रथ यात्रा प्रभावित

काठमाडौं साउन १३ ,

वर्षा र सहकालका देवता ललितपुरस्थित रातो मछिन्द्रनाथको रथारोहण भएको चारदिनमा रथयात्रा गर्नुपर्ने परम्परा पहिलोपटक तोडिएको छ । रथारोहण गरिएको ४ दिनमा मछिन्द्रनाथको रथलाई तानेर रथयात्रा सहित आज गावहाल पु-याउने परम्परा रहेपनि कोभिड संक्रमणका कारण रथयात्राको क्रम प्रभावित भएको हो ।

प्राप्त जानकारी अनुसार रथारोहणको लागि अरु साइत नभएका कारण नागपञ्चीको दिन रथारोहण गरिएपनि रथयात्रा भने प्रशासनले संक्रमणकोबढ्दा् जोखिमका कारण रोकेको बुझिएको छ।  यद्यपी संक्रमणको जोपखम घटेसंगै मिननाथको मछिन्द्रनाथको रथयात्रा गरिने बुझिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।