आइतवार, बैशाख १६, २०८१

उपत्यकाका चारदर्जन सहित ३११ जनामा कोभिड सङ्क्रमण, थप एकको मृत्यु

काठमाडौं साउन १३ ,

पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३२ पिसीआर परीक्षणको क्रमम आज थप ३११ जनामा कोभिड १९ सङ्क्रमितको पहिचान गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले आज बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेसंगै  नेपालमा संक्रमणका कारण निधन हुनेको सङ्ख्या जम्मा ४९ पुगेको जनाएको छ ।

साथै पछिल्लो २४ घण्टामा १२१ जना संक्रमित उपचारपछि डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको सख्या १३ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३९ रहेको छ । भने क्वारेन्टिनमा १५ हजार ३३१ व्यक्ति रहेको र ५ हजार १ सय २९ जना आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

त्यस्तै मुलुकमा बन्दाबन्दी खुलेपनि सङ्क्रमणको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै सरकारले उपत्यका छिर्ने मुख्य नाकाहरुमा कोभिड परीक्षणका लागि नमुना संकलन अभियान शुरु गरेको जानकारीदिदै आज दिउँसो ४ बजेसम्म फर्पिङ नाकाबाट ४ सय ५५, थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा ९ सय ४४ गरी ४ हजार ८ सय १३ वटा नमुना संकलन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।