आइतवार, बैशाख १६, २०८१

अवैध हतियारसहितको झोला मिलक्याउँदै कमलादीबाट बा६च ५५१९ नम्बरको स्कोरपियो फरार

काठमाडौं साउन १३ ,

राजधानीको कमलादीस्थित कृष्णपाउरोटी चोक नजिकबाट २ थान म्याग्जिन सहितको पेस्तोल र १ केजीको ८ थान, २ सय ५० ग्राम लेखिएको २६ थान र ५ सय ग्राम लेखिएको १ थान पहेँलो धातु प्रहरीले बरामद गरेको छ ।  प्रहरीले चेकजाँचको क्रममा बा।६ च ५५१९ नम्बरको स्कोरपियो गाडी रोक्न खोज्दा नरोकी झन गति बढाउदै प्रहरीकै अगाडि कपडाको झोला फ्याँकेर गाडी फरार भएको बुझिएको छ।

 यद्यपी प्रहरीले फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान   शुरु गरिएको जनाए पनि यो समाचार तयार पार्दा सम्म्  गाडी र अपराधीक समुह पक्राउ  हुन नसकाको थाह भएके छ। साथै उनीहरुले फ्याँकेको झोला हेर्दा झोला भित्र हतियार सहितका समाग्रकी फेला परेको जनाएको हो ।

यसैवीच बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट थानापति घर भई ललिपुर महानगरपालिका(१४ तिखेदेवल बस्ने ४३ वर्षीय पारस लोहनीलाई काठमाडौं मातातिर्थबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ माघ २९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर भएपनि लोहनी सजाय भुक्तान नगरी फरार रहेका थिए । लोहनीलाई फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।