शनिबार, बैशाख १५, २०८१

सत्याग्रहीको माग प्रति काँग्रेसको ऐक्यबद्धता

उपत्यकामा कोभिड संक्रमितको सख्या बढ्नुमा पनि सरकारको अर्कमण्यता प्रवृति कारक : काँग्रेस  नेता सिंह

काठमाडौ साउन १३,
इनफ इज इनफ समूहका युवाको सत्याग्रहमा ऐक्यबद्धता जनाउदै नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सत्याग्रहीले राखेको माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गर्नुभएको छ । इनफ इज इनफ’ समूहका युवाहरू ११ दिनदेखि कोरोन रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्नुको अलावा यसअघि सरकारले आफुहरुसंग गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरु सत्याग्रहमा बसेको हो ।

काँग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले कोभिड संक्रमणको परीक्षण दायरा फराकिलो पार्दै पिसीआर परीक्षणको क्रमलाइ तिव्रता दिन माग गर्दै राजधानीको बसन्तपुर डवलीमा सत्याग्रहमा बस्दै आएका युवा अभियन्ताको माग पूरा गर्न सरकार उदासिन हुन नहुने  बताउनुभयो । साथै उहाँले पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड संक्रमितको सख्या बढ्नुमा पनि सरकारको अकमण्र्यता प्रवृति कारक रहेको समेत बताउनुभयो ।

त्यस्तै सत्याग्रहीको मागमा पूर्वमन्त्रीद्दय नविन्द्रराज जोशी, उदयशम्शेर राणा,  काँग्रेस नेता रामहरि खतिवडा काठमाडौँ महानगरपालिका उपप्रमुख काठमाडौं काँग्रेसका नेता राजु  जोशी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।