आइतवार, बैशाख १६, २०८१

राप्रपाका पूर्वमहामन्त्री सुनिलबहादुर सहित ३१ जना नेता काँग्रेसमा

काठमाडौं साउन १३,
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिलबहादुर थापा सहित ३१ जना आज राप्रपा परीत्याग गरि काँग्रेस प्रवेश गरेका छन् ।

गत साउन १० गते पूर्वमन्त्री समेत रहेका थापा सहित राप्रपाकाका एक दर्जन केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ चतुरमान विश्वकर्मा विश्वकर्मा, राम पदारथ शाह, वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई लगायतले राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्दै राप्रबाट वाहिरिएका हो ।

त्यस्तै आज काँग्रेस मुख्यालयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थापा लगातका १४ नेतारुलाइ पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभएको थियो । बाँकी नेताहरु भने अन्य जिल्लाबाटै प्रवेश गर्ने बताईएकोछ ।  पार्टी प्रवेश गर्ने सबैलाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माला र उपसभापति बिमलेन्द्र निधिले स्वागत गर्नुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।