सोमवार, बैशाख १७, २०८१

महानगरको भित्री शहरमा लकडाउनको चरम अवज्ञा, कार्यान्वयनका लागि कडा निगरानी गर्दै महानगर

काठमाडौ बैशाख ६ , कोभिड -१९को उच्च जोखिमका वीच पनि नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकोेमा आश्यर्च व्यक्त गर्दै यहि स्थिती रहेने हो भने दिनfनुदिन समस्या भयावह हुने निष्कर्ष सहित काठमाडौँ महानगरले लकडाउनको कार्यान्वयनलाइ थप कडाइ गर्ने तयारी गरेको छ ।

त्यस्तै यसवीचमा महानगरले लकडाउन कार्यान्वयनका लागि गरेको आग्रहलाइ सामान्य मान्दै नगरनागरि टोलटोलमा जम्मा हुने र भीडभाड गर्ने जस्ता अटेर गर्ने  ,दैनिक उपभोग्य सामाग्री किन्ने नाममा  भिडभाड गर्ने  प्रवृति   बढेसंगै महानगरले कडाइका साथ नया रणनिति अख्तियार गर्न लागेको   हो ।

पटकपटक लकडाउनको  समयमा  नागरिकलाई घरमा नै रहन आग्रह गर्दै उक्त समयमा कुनै किसिमको समस्या आइपरेका सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न भन्दा भन्दै पनि यो वा त्यो नामा महानगरको भित्री क्षेत्र मखन टोल, इन्द्र चोक, असन, दमाइटोल, ढोकाटोल क्षेत्रपाटी, शोभा भगवती, मरुटोलमा नागरिकबाट हुँदै आएको   लकडाउनको उल्लङ्घन गर्ने प्रवृतिलाइ दृष्टिगत गर्दै कारवाही अभियान शुरु गर्ने महानगरको तयारी रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।