सोमवार, बैशाख १७, २०८१

जनकपुर महाविर चोकमा रूपैयाँ छरेर फरार भएकी महिलाद्दयको खोजीकार्य तिव्र

किन रुपैया छरेर फरार भए भन्ने विषयमा सर्वत्र कौतुहलता

काठमाडौं बैशाख ६ , जनकपुरधाम उपमहानगरपालिका महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिप्रका धनुषाका अनुसार शुक्रवार मध्यान्हको समयमा नेपाली रुपैया छरेर फरार भएका ति महिलाद्दय को हुन रु र तिनिहरुले किन रुपैया छरेर फरार भए भन्ने विषयमा आवश्यक अनुसन्धान हुरु भइसकेको जनाएको छ ।

साथै पछिल्लो समय कोभिड- १९ सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धानका लागि । बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जानकारी दिदै रुपैया परीक्षण पछिमात्र यर्थात के हो भन्ने विषयमा बताउन सकिने जानकारी दिएका छन ।

यद्यपी प्रहरीले सिसि क्यामेराको आधारमा रूपैयाँ छर्ने महिलाको खोजीकार्य लाइ तिव्र बनाएको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइज गरिएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।