शनिबार, बैशाख १५, २०८१

नेपालमा एकैदिन १४ कोरोना संक्रमित भेटिएसंगै संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं बैशाख ५,  नेपालमा शुक्रबार एकैदिन १४ जनाकोभिड- १९ संक्रमित थपिएका छन् । उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर परीक्षण गराएको हो । त्यस्तै आजै चितवनमा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक महिनाअघि बेलायतबाट स्वेदेश फर्केका ६३ बर्षिय आमा र २७ बर्षीय र छोरा रहेको थाहा भएको छ ।

त्यस्तै मन्त्रालयको फेसवुक पेजमा प्रकाशित कोभिड- १९को अफडेट सूचनामा उल्लेखभएअनुसार उदयपुर जिल्लामा १२ वटा रतिवा जिल्लमा २ गरि कुल १४ जना नयाँ संक्रमित थपिएको उल्लेखभएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । यसअघि मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो तीन दिनयता कुनैपनि व्यक्तिमा कोरोनाभाइरसको संक्रमण नदेखिएको जानकारी दिनु भएको थियो ।

यसैवीच स्थानीय प्रशासनले संक्रमण पुष्टि भएसंगै मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्दै सिल गर्ने तयारी भइरेको थाहा भएको छ ।यस अघि पनि पर्सा जिल्लाको छपकैयाँस्थित मस्जिदमा यस्तै किसिमको घटना घटेपछि   त्यस क्षेत्रलाइ सिल गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।