शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री ओलीको कोभिड–१९ उच्चस्तरीय समितिलाइ कडा निर्देशन दिदै के भने ?

(फोटो: सूर्य थापको फेसवुक पेज )

खान नपाएर गाउँ जान लागेका नागरिक जहाँ छन त्यही खाद्यान्न पुर्‍याउन र घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन

काठमाडौं बैशाख ५ प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान लागेको हो भने जहाँ छन त्यही खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न कडा निर्देशन दिदै आवतजावत पूर्णरुपमा बन्द गर्न  लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन  दिनुभएको  छ  ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल सहित यस्तो निर्देशन दिनुभएको हो ।

 त्यस्तै छलफलको क्रममा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसंग समन्वय गरेर सिधै गाउँ पु¥याउने वा यही रोक्ने विकल्प पेश गरेसंगै प्रधानमन्त्रीले आवतजावत बन्द भनेपछि एकठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ ।  यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यही खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न  स्थानीय तहहरुसँग समन्वय  गर्दै    अत्यावश्यक बाहेकका आवतजावत थप कडाइ गर्न , सीमानाकामा अझ कडाइका साथ बन्द गर्न ’   प्रम ओलीले  उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिनु भएको हो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।