शनिबार, बैशाख २९, २०८१

नेकपा सचिवालय बैठक: प्रचण्डलाइ कार्यकारी सहित पार्टी र प्रम ओलीलाइ सरकारको जिम्मेवारी

काठमाडौ मंसिर ४, सत्तारुढ दल नेकपाको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको छ ।

नेकपाको र्दु तिहाइ सरकारको बर्चश्वलाइ थप प्रभावकारी बनाउँने लक्ष्य अनुरुप सचिवालय बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले बैठक पछि जानकारी दिनु भएको छ । तर पार्टीको बैठको अध्यक्षता भने संयुक्तरुपमा गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि पार्टी एकतासंगै प्रमको जिम्मेवारी समेत आलो-पालो गरि सञ्चालनगर्ने भद्र सहमति भएको भन्दै सत्तारुढदल नेकपा भित्र विवाद मौलाउँदै आएको थियो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष   ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेतागणको  सहभागीता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।