आइतवार, बैशाख १६, २०८१

नेतृत्वमा आएको सैद्धान्तिक विचलनका कारण पार्टीभित्र अनेकन गुटगत अराजकता मौलाए : नेता सिटौला

काठमाडौ चैत २६, काठमाडौँ काङ्ग्रेसको क्षेत्र नं ६ ले जनआन्दोलन दिवसका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेतृत्वमा आएको सैद्धान्तिक विचलनका कारण निर्वाचनमा पार्टीले पराजयको सामाना गर्न वाध्य हसनको अलावा पार्टीभित्र अनेकन गुटगत अराजकता मौलाएको अभिमत प्रकट गर्नु भएको छ ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै नेता सिटौलाले विसं २०४६ को जनआन्दोलनमा लाौहपुरुष गणेशमान सिंहले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको सस्मरण गर्दै पार्टीमा वृहत एकताका लागि नेतृत्वले गल्ती महसुस गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै उहाँले गएको निर्वाचनमा अरु दलसंग सहकार्य गरेर अरु पार्टीका चुनाव चिन्ह्मा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिनु पार्टीको लागि घातक भएको जनाउ दिनु भएको छ । त्यस अवसरमा नेता सिटौलाले २०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पूर्वसांसद श्रीराम श्रेष्ठलाई पार्टीका तर्फबाट विशेष सम्मान गर्नुभएको थियो भने तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित बाबुकाजी श्रेष्ठलगायत विभिन्न पार्टी परित्याग गरेका दुई दर्जन नेताकार्यकर्तालाई काङग्रेसमा प्रवेश गराउनुभएको थियो ।
कार्यक्रमम सासंद एवम काठमाडौं काग्रेसका पूर्व सभापति भीमसेनदास प्रधानले पार्टीमा नेतृत्वबाटै गुटगत राजनीतिलाइ मौलाउँने वातावरण निर्मांण गरेकोमा विमति प्रकट गर्दै यसको तत्काल सुधार हुनुपर्ने बताउँनु भएको छ ।

त्यस्तैगरि काठमाडौँ काङ्ग्रेसका जिल्ला सभापति सबुज बानियाँले महासमिति बैठकको म्याण्डेट अनुरुप केन्द्रीय पदाधिकारी एवं सदस्य पनि पार्टीका स्थानीय तहबाट निर्वाचित हुनुपर्ने र समानुपातिक समावेशी पद दोहो¥याउन नहुने प्रावधान कायम गर्न नेतृत्र्व तयार हुनुपर्ने बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी लगायतले वोल्नु भएको थियो ।

यसैवीच जनआन्दोलन दिवसकै अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार विरुद्धको अभियान ः लोकतन्त्रका पर्याय गणेशमान’ विषयक विचार गोष्ठीलाइ सम्बोधन गर्दै काङ्ग्रेसका नेता प्रकाशमान सिंह, प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशी , राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल पूर्वसभामुख दमननाथ ढुङ्गाना, योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्ले लगायतले नेता सिंहको आह्वानमा विसं २०४६ को जनआन्दोलन सफल भई चैत २६ गते मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको बताउँदै उहाँको योगदानका चर्चा गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।