शुक्रबार, बैशाख १४, २०८१

नेकपा अध्यक्ष प्रचण्ड भने ढिलो चाँडो विप्लव’ पनि राजनीतिक मूलधारमा आउनुको विकल्प छैन

काठमाडौ चैत २६,  नेकपाका अध्यक्ष प्रचण्डले ढिलो चाँडो नेत्रविक्रम चन्द ‘ विप्लव’ पनि यही राजनीतिक मूलधारमा आउनुको विकल्प नभएको बताउँनु भएको छ ।

अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा चन्द समूह परित्याग गर्दै नेकपामा समाहित भएका चन्द समूहका काठमाडौँका नेता साङ्गे लामा, आदर्श केसीलगायत नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता भएको बताउँनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।