बिहिबार, बैशाख १३, २०८१

जेहेनदार छात्राहरूका लागि सत प्रतिशतसम्म छात्रवृत्तिको घोषणा

काठमाडौं चैत २७, नेपालमै स्वीस डिग्री अध्ययन गराउने नेपालको मात्र नभएर एसिया–प्रशान्त क्षेत्रकै पहिलो शैक्षिक प्रतिष्ठान गेट कलेज नेपालको पर्यटन उद्योगमा देखिएको महिलाहरूको कमजोर सहभागितालाई सम्बोधन गर्ने प्रयास आरम्भ गरेको छ । कलेजले महिलाको यस्तो कमजोर सहभागितालाई लक्षित गरेर छात्राहरूका लागि सत प्रतिशतसम्म छात्रवृत्तिको घोषणा गरेको हो ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले दक्ष र सीपयुक्त जनशक्ति आपूर्तिका लागि एकमात्र माध्यम भनेको पर्यटन र होटल व्यवस्थापनको शिक्षा नै हो, जुन अति नै खर्चिलो छ । यस्तो शिक्षा अध्ययनका लागि न्यून आय भएका विद्यार्थीलाई सघाउने माध्यम भनेकै छात्रवृत्ति भएको बताएँदै न्यून आय भएका र मिहेनेती तथा जेहेनदार छात्राहरूका लागि सत प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले कलेजमा हालसम्म नेपालका ७७ वटै जिल्लाका छात्रछात्राका अलावा विभिन्न १९ देशका विद्यार्थीहरूले समेत अध्ययन गर्दै आएका छन् । गेट कलेज नेपालका लागि आईएचजी एकेडेमीका रूपमा समेत छनौट भइसकेको छ, जसका माध्यमबाट यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले विश्वभरिकै आईएचजी समूहका होटल, रिसोर्टमा इन्टर्नशीप अवसर पाउँदै आएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।