आइतवार, बैशाख १६, २०८१

मधेसमा रासायनिक मलको अभाव,किसानको मागप्रति मौन रहेको किसानको आरोप

धर्मेन्द्र कुमार यादवर ,महोत्तरी /असोज २
मधेसका केही जिल्लाहरुमा रासायनिक मलको अभाव सृजना गरिएको छ । धानको बाली लाग्ने बेलामा रासायनिक मलको चर्को अभाव भएपछि अहिले मधेसका केही जिल्लाका कृषकहरु थप समस्यामा परेका छन् । मधेसका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही लगायतका जिल्लाहरुमा रासायनिक मलको चर्को अभाव हुँदा किसान र कृषकहरु ठुलो चिन्तामा भएका छन्। बजारमा रासायनिक मलको कमी भए पछि किसानले बाली लाग्ने बेलाको धानमा मल राख्न पाएका छैनन् ।

मल नपाउँदा ग्रामीण गरिब तथा विपन्न किसानहरुलाई धान खेतीमा कठिनाइ परेको महोत्तरी जिल्ला गौशाला नगरपालिका स्थानीय किसान राम देव महतोले जानकारी जानकारी दिइन् । नेपाली बजारमा पाइने रासायनिक मल महँगो भएकाले आफूहरूले खरिद गर्न नसक्ने भएका छौ ।
रासायनिक मलको अभावले समयमा खेतमा मल छर्न नसक्नु भएकोले उत्पादनमा समेत ह्रास आउने एक किशनले दुख व्यक्त गरे । राज्यले किशनहरुको माग प्रति पहिले पनि समबेदन शिल नरहेको किसानहरुले आरोप लगाएका छन् । मुलुकको कुल जान   जनसख्या ७५ प्रतिसत जन्सङ्खय कृषि पेसा देखि नै आश्रित रहेको छ। तरपनि समयमै मलखाद आपूर्ति अभाव हुनु दुखद रहेको किसान र कृषकहरुले बताए । देशमा बर्सिनी कृषि उपज ठुलो मात्रामा आयात हुनु र अर्का तिर मल अभाव हुनु चिन्ताको बिषय रहेको किसानहरुले जानकारी दिएका छ्न ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।