शनिबार, बैशाख १५, २०८१

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि , निगम भन्छ- अझै घाटा छ

 काठमाडौ असोज २ , नेपाल आयल निगमले आज सोमबार रातिदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो ।

सोमबारदेखि गरिएको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय १४ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १०१ रूपैयाँ पुगेको छ। यद्यपी निगमले प्रस्तुत मूल्य वृद्धिपछि पनि पेट्रोलमा २।९२ र डिजलमा २ रूपैयाँ प्रतिलिटर घाटा रहेको जनाएको छ।

तर निगमले यसपटक हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य वृद्धि नभएको जनाएको छ । मूल्य बढेपछि पनि इन्धनको व्यापारमा निगमले घाटा नै खानु परेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।