शुक्रबार, बैशाख ७, २०८१

कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न आज कागेश्वरी महादेव मन्दिरमा भक्तजनहरुको घुइचो

इन्द्रजात्राका लागि प्रयोग गरिने लिङ्गो आज भोटाइटीबाट हनुमानढोका ल्याइपु-याइए

काठमाडौ असोज १ , कागको छुवाइ र बिष्टयाइँबाट हुने अनिष्टबाट बच्नका लागि आज राजधानीको हनुमानढोका स्थित कागेश्वर महादेव मन्दिरमा बिहानैदेखिभक्तजनको भिड लागेको छ । यो मन्दिर सर्वसाधारणहरुका लागि प्रत्येक वर्ष भाद्रकृष्ण शुक्ल अष्टमीका दिन मात्र खुला गरिन्छ। महाभूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त यस मन्दिरको पुन निर्माण गरिएकोछ ।

त्यस्तै गरि आजै गागलफेदी–१ मा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा कागेश्वरी खोलाको किनारमा रहेको कागेश्वर महादेवको मन्दिरमा गई भाद्र शुक्ल अष्टमीका दिनमा पूजाआजा गरी विशेष पूजा आजा गरिएको बुझिएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा कागेश्वरी खोलाको किनारमा रहेको कागेश्वर महादेवको मन्दिरमा गई भाद्र शुक्ल अष्टमीका दिनमा पूजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहिआएको छ ।

यसैबीच यस वर्षको इन्द्रजात्राका लागि प्रयोग गरिने लिङ्गो आज भोटाइटीबाट हनुमानढोका ल्याइपु९याइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन उक्त लिङ्गोलाई हनुमानढोका पु९याइने प्रचलन अनुरुप भाद्र शुक्ल चौथीका दिन भक्तपुरको चित्तपोल जङ्गलबाट सो लिङ्गो भोटाहिटीमा ल्याइएको थियो । त्यसपछि केन्द्रीय मानन्धर सङ्घले भोटाहिटीबाट सो लिङ्गोको भोटाहिटीमा विधिपूर्वक पूजा गरी हनुमानढोकासम्म ल्याइ पु-याएको हो । आगामी भाद्र २८ गतेको शुभसाइतमा लिङ्गो उठाई इन्द्रध्वजा फहराइने तयारी रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31