सोमवार, बैशाख १७, २०८१

सेवाग्राहीसँग रु ५ लाख घुस मागेको अभियोगमा सब–इञ्जिनियर थापाविरुद्ध मुद्दा दायर

 काठमाडौ साउन १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय नुवाकोटमा कार्यरत सब–इञ्जिनियर लोकबहादुर थापाविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा सबइञ्जिनियर थापाले विद्यालय भवन निर्माण कार्य सम्पन्न भएपश्चात् बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु पाँच लाख घुस मागेको उल्लेख गरिएको छ । 

 त्यस्तै आयोगले गुलरिया नगरपालिकामा कार्यरत सहायक इञ्जिनियर रमेशकुमार गौतमलाई रु दश हजार घुस लिँदालिँदै आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । गौतममाथि छानबिन भइरहेको जनाएको छ ।   यसैवीच जिल्ला प्राविधिक कार्यालय, जाजरकोटका इञ्जिनियर अजयकुमार देवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिँचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाउने क्रममा देवले रु ८० हजार घुस मागेको अभियोग लागेको छ । 

Publish on: Aug 1, 2018

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।