शुक्रबार, बैशाख २१, २०८१

विविध कार्यक्रम सहित आज विश्व स्तनपान दिवस मनाइदै

 काठमाडौ साउन १६ आज विश्व स्तनपान दिवस विश्वभर विभिध कार्यक्रम सहित यो दिनस मनाउँने गरिन्छ । यसैक्रममा नेपालमा पनि ‘स्तनपान : जीवनको आधार भन्ने मुलनारा सहित स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवसलाई साताव्यापीरूपमा मनाइँने गरिदै आएको छ ।

आमाको बिगौति दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँनुको अलावा शिशुहरू आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन सहयोग पुग्दछ । तर पछिल्लो समय स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाका कारण नवजात शिशुहरु आमाको स्तनपानबाट बन्चित गरिने परम्परा नजानिदो पाराले बढ्दो पाइन्छ ।  स्तनपान सबै स्तनधारी प्राणीहरूमा साधारण क्रिया हो । स्तनपान शिशुको लागि संरक्षण र संवर्धनको काम गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन । आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमामा फलाम तत्त्व दिन्छ फलाम तत्त्वको अभावमा शिशुको शरीरमा किटाणु प्रवेश गर्न पाउँदैनन्

बाल्यकालमा पर्याप्तरूपले आमाको दूध खान नपाएका शिशुरुमा बाल्यकालमा शुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना सहित वुद्धि विकाससमेत समस्या सिर्जना हुनुको अलावा विभिन्न घातक रोग लाग्ने संभावना रहन्छ । यसअर्थमा पनि शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन, यो जीवन रक्षक आहार भएको बताउँदै विज्ञहरुले भनेका शिशुहरुमा देखिने यावत रोगको निवारणका लागि शिशुलाई स्तनपान गराउँदा एकातर्फ आत्मीयता एवम् भावनात्मक सम्बन्ध मजवुट हुनुको साथै आत्मसन्तुष्टिसमेत प्राप्त हुने बताउँदै शिशुलाइ स्तनपान गराउँने जस्तो महत्वपूर्ण कार्यलाइ निरन्तरता आग्रह गरेका छन  ।

 स्तनपानको फाइदा : 

आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको धारा हो । यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिना सम्म मात्र स्तनपानमा नै निर्भर राख्नुपर्छ । यो शिशुको जीवनको लागि जरूरी छ, किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन । आमाको दूध शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक हुन्छ । स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ, किनकी आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।

केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ । यसको विपरीत आमाको दूध शत-प्रतिशत सुरक्षित छ । अनुसन्धानबाट प्रमाणित भएको छ कि स्तनपान गर्ने बच्चाहरू त्यस पछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो हुँदैनन् । यो शायद यस कारण बाट हुन्छ कि तिनीहरूलाई शुरू देखि नै आवश्यकता भन्दा अधिक खानाको बानी पर्दैन । स्तनपानबाट देखि जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ । यसको कारण यो हो कि स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । यस वाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन् ।  

  • बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।
  • स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
  • स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिमार र संक्रमणबाट बचाउँछ ।
  • दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।
  • स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर (ओस्टेओपोरोसिस् । हुने रोगबाट जोगाउँछ) ।
  • आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ ।
  • स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ ।
  • कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ ।
  • स्तनपान गराउन खर्च लाग्दैन ।   

Publish on: Aug 1, 2018

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।