सोमवार, बैशाख १७, २०८१

बारले भन्यो- सुनवाइ समितिले आफ्नो निर्णय अनिर्णित राख्नु विधीको शासन विपरित

  काठमाडौ साउन १५,  नेपाल बार एशोसिएशनले आज एक विज्ञप्ति जारी गर्दै प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ समितिले उजुरी र सुनुवाइ क्रममा सोधिएको प्रश्नलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बारका महासचिव खम्बबहादुर खातीले जारी प्रेस विज्ञप्तिमा विज्ञप्तिमा कामु प्रन्याले संसदीय सुनवाइको क्रममा उठेका प्रश्नको सम्बन्धमा आफ्नो प्रष्ट धारणा राखिसकेको अवस्थामा समितिले आफ्नो निर्णयलाइ अनिर्णित राख्नु विधीको शासन विपरितको कार्य भएको र यसले संवैधानिक र कानूनी जटिलतालाई निम्त्याउने जिकिर गरिएको छ ।

त्यस्तै कामु प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाइपछि राजीनामा मागेको र राजीनामा नदिएमा समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत गर्ने भन्ने विषयमा बारले सूक्ष्म रूपमा अध्यय गरिरहेको जनाउँदै विज्ञप्तिमा जारी सुनुवाइको विवादले न्यायपालिकालाई नियन्त्रण मात्र नभएर विधिको शासन, मानव अधिकार र स्वतन्त्र न्यायपालिका विपरीतका वातावरण सिर्जना गर्न खोजेको जिकिर सहित न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले एक अर्काप्रति हस्तक्षेपकारी भूमिका निर्वाह नगरी शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।