सोमवार, बैशाख १७, २०८१

काँग्रेसको खवरदारी सभालाइ सम्बोधन गर्दै नेता सिंहले- भने हात्ती दुब्लाउँदैमा वोकोले धेरै चुलवुल नगरे हुन्छ

७७ जिल्लामा नेपाली कांग्रेसको विरोध प्रदर्शन

काठमाडौ साउन १५ ,  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गरेको छ । लोकतान्त्रिक मूल्य मान्यताविपरित सरकारले अधिनायकवादी मार्ग अख्तियार गरेको भन्दै प्रतिपक्षीदल कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शनका लागि गरेको सर्कुलर अनुरुप प्रत्येक जिल्लामा खबरदारीसभा सहित सरकार विरुद्ध काँग्रेसले व्यापक जनप्रदर्शन गरेको हो ।

यसैक्रममा काठमाडौंमा भएको प्रदर्शनमा भने काँग्रेसले दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन सहित भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै काँग्रेसका नेता प्रकाशमान सिंहले स्थिरता र समृद्धिका लागि वोलीमा मात्र होइन व्यवाहर आवश्यक रहेको बताउँदै समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न केपी ओली नेतृत्वको वर्तमान सरकार अग्रसर नदेखिएको आरोप लगाउनुभएको छ । त्यस्तै उहाँले  आफ्ना पिताजीको स्व: गणेशमान सिंहको भनाइ उद्धृत गर्दै कांग्रेस हात्ती हो । हात्ती दुब्लाउनु र कम्युनिस्ट बोकाहरु मोटाउँदै वोकाले हात्तीको किमार्थ बराबर गर्न नसकिने बताए ।   त्यस्तै सरकारलाइ चेतावनीको भाषामा नेतासिंहले भने दुइ तिहाइको दम्भ प्रदर्शन गर्नुपूर्व जनताको तागत के हो आजको भेलाबाट बुझे हुन्छ भने ।

 त्यस्तै कार्यक्रममा काँग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना गर्न सत्ता पक्षले उदासीन देखाएको बताउँदै सरकार संविधान भन्दा माथि हुन नसक्ने बताउनुभयो ।  कोणसभामा काँग्रेस केन्द्रीय सदस्यहरु अम्बिका बस्नेत र नवीन्द्रराज जोशी, काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, कोषाध्यक्ष गोविन्द पुडासैनीलगायतले वोल्नु भएको थियो ।

 यसैवीच प्रमुख प्रतिपक्षी दल काँग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनानुसार आज ७७ जिल्लामा विरोध प्रदर्शन सम्पन्न भएको पार्टीले जनाएको छ । प्रदर्शनमा समग्रमा पार्टीका पाँच लाखभन्दा बढी नेता, कार्यकर्ता र शुभ चिन्तकको सहभागिता रहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी काँग्रेसले तत्कालीन देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैया जीविकोपार्जन भत्ता दिने र भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने माग पनि काँग्रेसले अघि सारेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।