सोमवार, बैशाख १७, २०८१

फोहरमैलाको समस्या सम्बोधन गर्न निर्देशन दिदै प्रमुख शाक्य जापान प्रस्थान

 काठमाडौ साउन १५,  काठमाडों महानगररपालिकाका प्रमुख विद्या सुन्दर शाक्य जापानको फुकुओका शहरमा  विश्वका १८ देशका ३७ वटा शहरहरुको सहभागितामा २०१८ अगस्ट १ देखिदेखि शुरु हुने  Asia –Pacific City Summit  सहभागि हुन आज जापानको फुकुओका तर्फ प्रस्थान गर्नु भयो ।  उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट्र कक्षमा महानगरपालिकाका वडाध्यक्ष , सहसचिव राजेश्वर ज्ञवाली, महाानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की, सह—प्रवक्ता नमराज ढकाल, विभागीय प्रमुख र शाखा प्रमुख तथा महानगरका कर्मचारीहरुले विदाई गर्नु भएको थियो ।

जापान प्रस्तान गर्नु अघि मेयर शाक्यले महानगरका कर्मचारीहरुलाई आफनो अनुपस्थितिमा पनि महाननगरको दैनिक काम विशेष गरि काठमाडौंको फोहरमैलालाई समयमानै विसर्जन गर्न निर्देशन समेत दिनु भयो । मेयर शाक्यसंग महानगरपालिकाका अन्तराष्ट्रिय सम्बन्ध विभागका शाखा अधिकृत यम प्रसाद बस्याल पनि जापान प्रस्थान गर्नु भएको छ ।  प्रमुख  शाक्य जा  आगामी शनिबार  काठमाठौं   फर्किने  कार्यक्रम रहेको  मेयरका सचिवालयले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

.