शुक्रबार, जेष्ठ ४, २०८१

मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त

 काठमाडौं बैशाख २०,

वन तथा वातावरण विभागले पछिल्लो केही दिनयतादेखि देशका बारा, पर्सा, चितवनलगायत देशभरकाविभिन्न भागमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदुषण अत्यधिक बढेको जनाएकोछ ।

त्यस्तै डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुनुको साथै उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएसंगै मौसम खासै खुल्न नसकेको विभागले जनाएको छ।

त्यस्तै वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चस्मा लगाउन र सावधानी अपनाउन आग्रह गर्दै डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि ध्यान दिन विभागले सबैमा आग्रह पनि गरेको छ।

यसैवीच प्राप्त पछिल्लो तथ्याङ्क अनुसार देशका ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट प्रताडित रहेको जनाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने जनाएको छ।

यसवीचमा गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रमम दुई जनाले ज्यान समेत गुमाएका छन ।  डिभिजन वन कार्यलय ललितपुरले डढेलो नियन्त्रण गर्नकै लागि अहिले जनचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाउँदै
स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी दिने लगायतका कार्यक्रम तय गरेको जनाएको छ।  त्यस्तै सुख्खा मौसम र बढ्दो डढेलोसंगै यसवीचमा चल्ने गरेको हावाहुरीका कारण मानविय बस्तीम अगलागीका घटना समेत बढ्न थालेकोछ ।

 आगलागीका कारण गोरखा नगरपालिका वडा नं ५ को ठूलो रिपमा भएको आगलागीका कारण २ वटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय रुपा रानामगर र पार्वती रानामगर घरमा रहेको सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930