सोमवार, बैशाख १७, २०८१

कांग्रेस विधान संशोधन मस्यौदा समितिको बैठक , विधान मस्यौदाका लागि  सुझाव संकलन गर्ने नितिगत निर्णय

काठमाडौ भाद्र ८,  नेपाली कांग्रेसको विहिवार गटन गरिएको विधान संशोधन मस्यौदा समितिको आज बस्को बैठकले पार्टीका सबै भ्रातृ संगठन, जिल्ला सभापति र बुद्धिजीबीसँग सुझाव संकलन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले संकलित सुझावलाईसमेत ध्यानमा राखेर विधान परिमार्जन गर्ने निर्णय गरेको निर्णय जानकारी दिदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समितिले विभिन्न चरणमा सुझाव संकलन गर्ने र समितिभित्र यथेस्ट गृहकार्य गरी मस्यौदा महासमिति बैठकमा पार्टीका तर्फबाट पेश गर्ने एजेण्डा पनि तय गर्ने जानकारी दिइको छ ।

स्मरण्म रहोस विधान संशोधन मस्यौदा समितिमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का संयोजक र सदस्यहरुमा डा। मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक छन् ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।