आइतवार, बैशाख २३, २०८१

महासंघ स्तब्ध..

  काठमाडौ भाद्र ८, नेपाल पत्रकार महासङ्घले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवम् वरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको ८४ वर्षको उमेरमा निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध भएको जनाएको छ । लामो समयदेखि उच्च रक्तचापबाट पीडित वरिष्ठ पत्रकार न्यौपानेको भाद्र ५ गते राति ८४ वर्षको उमेरमा सुतिरहेको अवस्थामा काठमाडौँको लैनचौरस्थित निवासमा निधन भएको थियो ।

महासङ्घका महासचिव रमेश विष्टले आज जारी गर्नुभएको विज्ञप्तिमा न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।