शुक्रबार, चैत्र १६, २०८०

महासंघ उपत्यका प्रदेश समितिद्दारा शोक व्यक्त

  काठमाडौ भाद्र ८,  नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक रामचन्द्र न्यौपानेको निधन भएकोमा शोक  व्यक्त गरेको छ ।  लामो समयदेखि उच्च रक्तचापबाट पीडित न्यौपानेको भाद्र ५ गते राति ८४ वर्षको उमेरमा सुतिरहेको अवस्थामा लैनचौरस्थित आफैनै निवासमा निधन भएको हो ।

प्रदेश समितिका महासचिव श्रीजन झाले आज जारी गर्न���भएको विज्ञप्तिमा  विगत पाँच दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार न्यौपानेको निधनले नेपाली पत्रकारिता जगतले एक निर्भीक, कुशल र अनुभवी पत्रकार गुमाएको  उल्लेख गर्दै न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित मृतआत्माको चीरशान्तिको कामना गर्दै  शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।