सोमवार, बैशाख १७, २०८१

भरतपुरमा प्रहरी र तीनपाङ्ग्रे चालकबीच झडप , दर्जनौ सेल अश्रुग्यास र हवाईफायर पछि स्थित तनावग्रस्त

चितवन साउन ९ ,  भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, वाइपास रोड र नारायणगढ–मुग्लिन सडकमा ३ पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आज दिउँसो भरतपुरचोकमा प्रहरी र तीनपाङ्ग्रे सवारी चालक बीचमा भएको झडपका कारण भरतपुर तनावग्रस्त भएको छ ।  महानगरपालिकाको निर्णय आफुहरुलाइ अमान्य भएको भन्दै तीनपाङ्ग्रे सवारी चालकहरुले विरोध जनाएपछि भएको झडपको क्रममा प्रहरीले झडपलाइ नियन्त्रणमा लिन अश्रुग्यास र हवाईफायर समेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयलाइ उदृत गर्दै प्राप्त जानकारी अनुसार तीनपाङ्ग्रे सवारी चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी बिट जलाउने प्रयास सहित ना१६प ९४०७ नंको एउटा मोटरसाइकल जलाउनुका साथै प्रहरीमाथि ढुंगामुढागरेपछि आत्मरक्षाका लागि प्रहरीले हवाईफाएर र अश्रुग्यास प्रहार गर्न बाध्य भएको जनाईएको छ ।  यसअघि तीनपाङ्ग्रे सवारीका चालकले सडकमा सवारी राखेर चक्काजाम गरेको र प्रहरीले सडक सञ्चालन गर्न खोजेपछि विवाद बढ्दै गएर झडप सुरु भएको बताईएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।