सोमवार, बैशाख १७, २०८१

डा केसीको अवस्था निकै नाजुक , सरकार र डा केसी पक्षबीचको वार्ता विफल,सरकार आफ्नै अडानमा

(फाइल फोटो)

काठमाडौ साउन ९,  विगत २६ दिन देखि आमरण अनसनमा रहनु भएका डा गोविन्द केसीको अवस्था निकै नाजुक बन्दै गएको छ । डा केसीको पछिल्लो स्वास्थ्य स्थिती हेर्ने हो भने उहाँलाइ तत्काल आइसीयूकक्षमा लैजानुको वकल्प नभएको बताईएको छ ।

चिकित्सकहरुका अनुसार डा केसीको शरीरमा ग्लुकोज र सेतो रक्तकोषिकाको मात्रा कम हुँदै गएको बताईएको छ । यसैवीच सरकार र डा केसी पक्षबीचको मंगलवार भएको वार्ता सकारात्मक भएपनि आज विहान भएको वार्तामा नितिगत कुरा मिल्ननसक्दा जारी वार्ता असफल भएको छ ।

प्राप्त जानकारी अनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न सरकारी पक्षले नमानेपछि वार्ता भंग भएको जनाउँदै डा केसी पक्षले आफूहरु डा। केसीको ‘बटमलाइन’बाट पछि हटेर अत्यधिक लचकता देखाएपनि चिकित्सा शिक्षा विधेयकका संशोधन गर्नुपर्ने बुँदाहरुमाथि सरकारी पक्षले छलफल नै गर्न नचाहेको जनाईएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।