काठमाडौ साउन ९, सामान्य प्रश्नको चोटिलो र अर्थपूर्ण जवाफले नै अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड डाइभर्सिटी’ को उपाधी जित्न सफल भएकी छिन् नेपाली चेली युनिता खत्री । संस्कृति, प्रतिभा र र्याम्प वाक समेत गरि विभिन्न प्रतियोगीले प्रतियोगीतामा आफ्ना प्रतिभा प्रदर्शन गरेपछि विजयी भएकी युनिता स्वदेश फर्किएकी छिन् । उनको जित केवल उनको मात्र नभई देशको जित सिद्ध भएको छ ।
सायद युनिता नै पहिलो सुन्दरी हुनुपर्छ अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको उपाधि जित्नेमा । यहि खुशीयालीमा राजधानीमा मंगलबार उनलाई बधाई तथा शुभकामना दिनका लागि भेटघाट तथा छलफल कार्यक्रम गरिएको छ ।
यसै साता दुबईमा भएको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड डाइभर्सिटी’मा ५० देशका प्रतिस्पर्धीलाई पछि पार्दै युनिताले ‘मिस वर्ल्ड डाइभर्सिटी–२०१८’को उपाधि जितेकी हुन् । अन्तिम चरणमा युनितालाई सोधिएको थियो कि– ‘नेपालको डाइभर्सिटीको अवस्था कस्तो होला रु उनले भनिन् ‘डाइभर्सिटीमा कल्चर, हेरिटेज र एडभेन्चर मात्र नभै नेपालमा मात्र हैन विश्वभरी नै लभ, रेक्सपेक्ट र केयर हुन जरुरी छ । उनी यहि जवाफले नेपालको तर्फबाट अन्तराष्ट्रिय स्तरको सुन्दरी प्रतियोगीताको उपाधि जित्ने पहिलो महिला बन्न पुगिन् ।
प्रतियोगिताका बेलामा धेरै प्रतियोगीले नेपाल भन्ने देश पनि छ र रु भनेका थिए भने कतिपयले चाहिं नेपाल देशको नाम त सुनेको तर नराम्रो छवी भएको भन्ने बुझेकाले पनि उनलाई चित्त दुखेको गुनासो गरिन् । युनिताले भनिन् यस्तो अवस्थामा तिनै प्रतिस्पर्धीमाझ आफु अब्बल हुनु भनेको देशलाई चिनाउने एउटा अवसर नै भएको ठानेकी छु ।
उपाधि प्राप्त गर्न के कुराको आवश्यकता पर्दो रहेछ त ? भन्ने पश्नमा युनिताले भनिन् – पहिलो नं।त शिक्षा नै हो, त्यसपछि आत्मविश्वास र सिभिलाईज हुन जरुरी छ । यी तिनै कुराको समन्वय छ भने उपाधि जित्ने चान्स बढी हुन्छ । युनिताले टाइटलसँगै मिस फ्रेण्डसिप र मिस डान्सरको समेत उपाधि जितेकी थिइन् ।
आफु ब्युटि प्याजेन्टबाट नै यहाँसम्म आएकाले भविष्यमा पनि यहि क्षेत्रमा सक्रिय रहने उनको सोचाई छ । मिस नेपाल २०१७ निकिता चन्दक सहित आफु पनि निर्माणाधिन चलचित्र रानीमहलमा अनुबन्धित भएको जानकारी दिइन् । प्रतियोगितामा युनिताले मिस वल्र्ड डाइभर्सिटीको उपाधि सहित बेस्ट डान्सको समेत उपाधि जित्दा, भारतकी प्रतियोगी फस्ट रनरअप भएको थिइन् । ‘मिस वर्ल्ड डाइभर्सिटी’को आगामी संस्करण नेपालमा नै गरिने जानकारी पनि युनिताले दिइन् । युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’मा ‘मिस वर्ल्ड’ शिर्षक अन्तर्गतको उपाधि जितेपछि उनलाई सोही उपाधीले डाइभर्सिटीको प्रतियोगी बनाएको थियो । प्रतियोगिता जानु अघि खत्रीले उक्त प्रतियोगीता आफूलाई अन्तष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसरको रुपमा लिएको बताएकी थिइन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान