सोमवार, बैशाख १७, २०८१

संकट मोचन शिव पुराण महायज्ञ हुने

 काठमाडौं साउन ९, राष्ट्रमा देखिएका विभिन्न खालका संकटको मोचन होस भन्ने कामना गर्दै विश्व हिन्दु महासंघ लगायतका धार्मिक एवं सामाजिक संघसंस्थाहरूको आयोजनामा गुरु पूर्णिमाको दिनदेखि २६ गतेसम्म भुवनेश्वरी मन्दिर परिसर बासुकीचौर बल्खुमासंकट मोचन शिव पुराण महायज्ञको आयोजना गरिने भएको छ ।

महायज्ञमा पं. माधवानन्द महाराजबाट शिव महापुराणको वेदान्तीय कथा प्रवचन हुने र १६ गतेदेखि दिनरात अखण्डरूपमा नौ जना बटुकबाट हवन , ग्रहशान्ति, रुद्रीलगायतका अन्य आुनष्ठानिक कर्महरू हुने आयोजकले जनाएका छन ।

त्यस्तै निर्माणाधिन संकट मोचन धामको निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यको साथमा गर्न लागिएको सो महायज्ञमा देश विदेशमा रहनुभएका सर्वसाधारण सबैले यथाशक्य सहयोग गरीदिनुहुन सङ्कल्पकर्ता तथा महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हनुमान साधक सन्तश्री स्वामी सेवकले अपिल गर्नु भएको छ ।   स्वामी सेवकका अनुसार एक नागरिक कम्तिमा एक ईट्टा बराबरको सहयोग गरी नागरिक, समाज र राष्ट्रमा परिरहेका विभिन्न खालका संकटहरूको निवारणको लागि संकट मोचन धाम बनाउने यो कार्यमा सबैले आआफ्नो ठाऊँबाट भूमिका निर्वाह गर्न सकने बताएका छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।