सोमवार, बैशाख १७, २०८१

दुई तिहाइ बहुमतले प्रदेश नं ४ को राजधानी पोखरा राख्ने प्रस्ताव पारित

काठमाडौं असार १८ ,  प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकको दुई तिहाइ बहुमतले प्रदेश नं ४ को राजधानी पोखरा राख्ने निर्णय गरेको छ ।   प्रदेशसभा सदस्य कृष्णबहादुर थापा प्रस्तावमा अर्का प्रदेशसभा सदस्य मणिभद्र शर्माको समर्थनमा टेवल भएको प्रस्तावलाइ पारित गर्दै प्रदेश नं ४ को राजधानी पोखरा राख्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसअघि प्रदेश न ४. को राजधानीको नाम गण्डकी दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि लगायतका नाम राख्नुपर्ने  प्रस्ताव गरिएको थियो ।

त्यस्तै समाचारमा प्रदेशसभामा उपस्थित कुल ५९ सदस्यमध्ये आजको बैठकमा उपस्थित ५२ प्रदेशसभा सदस्यले पोखरा राजधानी हुनुपर्ने पक्षमा आफ्नो मत प्रस्तुत गर्दै प्रदेशको राजधानी पोखरा हुनुपर्ने धारणा राख्नुभएको उल्लेख गरिएको छ । प्रदेशसभाको अर्को बैठक मंगलबार अपराह्न १ बजे बस्ने  प्रदेशसभा बैठकमा प्रदेशको नामांकनकाबारेमा छलफल हुने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।