बिहिबार, चैत्र १५, २०८०

खेल पत्रकार शाक्य सहित प्रतिभावन उत्कृष्ट खेलाडीहरु पुरस्कृत

  •   शरण डंगोल 

काठमाडौं असार १८, शहीद दशरथ चन्दको ११६औँ जन्मजयन्तिका अवसरमा शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमकावीच नेपाल पत्रकार राष्ट्रिय दबु, काठमाडौंका सचिव तथा गोरखापत्र दैनिकका खेल पत्रकार प्रजित शाक्यलाई ५००१ नगद र सम्मानपत्र सहित उत्कृष्ट खेल पत्रकारिताको पुरस्कारबाट सम्मानीत गरेको छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उत्कृष्ट घोषित खेलाडीहरुमा क्रिकेटर सन्दीप लामिछानेसहित प्रतिभालाइ नगद १५००१ र सम्मानपत्र सहितको दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

यसरी पुरस्कृत हुने अन्य प्रतिभावान खेलाडीहरुमा क्रमस पूर्वाञ्चलबाट ब्याड्मिन्टनकी जेसिका गुरुङ, पश्चिमाञ्चलबाट क्रिकेटका करण केसी, मध्यमाञ्चलबाट शारिरीक सुगठनकी ननिता महर्जन, मध्यपश्चिमाञ्चलबाट ह्यान्डबलकी कल्पना र सुदूरपश्चिमाञ्चलबाट ब्याड्मिन्टनकी दिपेश धामी र पारामा ह्विलचेयर क्रिकेटका हिमाल अर्याल र पारा तेक्वान्दोकी रञ्जना धामीलाई पनि पुरस्कृत गरिएको थियो ।  ट्रष्टले यसपालिदेखि उत्कृष्ट लेख÷रचनाको मूल्याङ्कन गरेर उत्कृष्ट पत्रकारिता पुरस्कारको थालनी गरेको हो । यसको पुरस्कार ५००१ नगद र सम्मानपत्र सहितको राशिको रुपियाँ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।