बिहिबार, बैशाख २०, २०८१

अधिकारीको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न आयोगको आग्रह

 काठमाडौ असार १८ , राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गर्दै अनशनमा बस्नु भएका गंगामाया अधिकारीको जीवन रक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै दिनानुदिन अधिकारीको स्वास्थ्य बिग्रदै रहको जनाउ सहित जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न पटक–पटक नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको भन्दै अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ ।

त्यस्तै विज्ञप्तिम लामो समयदेखि अनशनमा बस्दा गंगामायाको स्वस्थ्य अवस्था अत्यन्त गम्भीर र जटिल बन्दै गएको जनाउँदै आयोगले अधिकारीको घटनाका बारेमा अनुसन्धान गरी दोषीउपर फौजदारी अभियोगमा कारबाही चलाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन विसं २०६५ चैत २३ गते नेपाल सरकारलाई सिफारिश गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु