मङ्लबार, जेष्ठ ८, २०८१

उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

 काठमाडों बैशाख १८,

प्रतिनिधिसभा सदस्यका लागि गत शनिबार इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । नव निर्वाचित एमाले उम्मेदवार नेम्वाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गरेको हो ।
एमालेका नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दै गर्दा खड्काले २१ हजार ९४२ मतमात्रै पाएको हो । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मत मात्रै पाउन सक्यो।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम९ २ बाट निर्वाचित हुनुभएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट निर्वाचित हुनुभएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी दुइ निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेम्वाङलाई निर्वाचन आयोगले ११ बजे प्रमाणपत्र प्रदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैवीच बझाङ प्रदेशसभा९१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु