शुक्रबार, जेष्ठ ४, २०८१

सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

 काठमाडों बैशाख १८,

इलाम २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन-२०७४ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको छ ।

उपनिर्वाचनको त्रलममा यस विर्नाचन क्षेत्रमा खसेको ६९ हजार ३ सय ७४ मतमध्ये ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । सदरमतको
त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका उम्मेदवार लिम्बू ५ हजार ५० मत मात्रै पाउनुभयो जसका कारण उहाँको धरौटी जफत भएको हो ।

लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत निर्वाचन अधिकउतको कार्यालयले जनाएको छ ।