सोमवार, बैशाख १७, २०८१

एसइइको परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्मको नम्वर हेरफेर हुन सक्ने पनिकाको जनाउ

काठमाडौ असार ११,   शनिबार सार्वजनिक कक्षा १० को एसइइको परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ ।

विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी परीक्षाफल सार्वजनिक भएपछि पाएको स्तरीकृत अंक र विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट पाएको स्तरीकृत अंकमा फरक भएपछि प्राविधिक त्रुटि पहिचान भएको पनिकाले जनाएको छ ।

 यद्यपी राष्ट्रिय परीक्षा बोर्डले पहिचान भएको प्राविधिक त्रुटि सुधार गरी विद्यार्थीलाई वास्तविक ग्रेडसिट उपलब्ध गराइने जनाउँदै सफ्टवेयरमा प्राप्तांकलाई जोड्ने सूत्र हाल्दा गल्ती भएको स्वीकार गरेका छन । साथै भएको गल्तकिो छानबिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको जानकारी दिदै छानवीन पछि ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्मको नम्वर हेरफेर हुन सक्ने पनिकाले जनाएको छ ।