शनिबार, बैशाख २२, २०८१

आदिवासी चलचित्र महोत्सब आयोजना हुने

  • शरण डंगोल

काठमाडौ असार ११ , तीन दिवसीय दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७५ को आयोजना हुने भएको छ ।  आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी असार १५, १६ र १७ राजधानीस्थित टुरिजम बोर्डको हलमा आयोजना गरिने महोत्सवको आयोजना हुने जानकारी दिईएको छ ।

त्यस्तै पत्रकार सम्मेलन जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण साथै पर्यटन प्रवद्र्धनका लागि महोत्सव सहायक हुने विस्वास सहित महोत्सवमा आदिवासी जनजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शनको अलावा आदिवासी जनजाति चलत्रिको वस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स सहित परम्परागत खानाको स्टल, आदिवासी जनजाति समुदायका मौलिक भेषभुषा समेतको प्रदर्शन गरिन गरिने आयोजक संस्थाले जनाएको छ ।

साथै महोत्सवमा विभिन्न जाति संस्थाबाट छनौट भएर आएका चलचित्रहरु मैरिमो (गुरुङ), लदी पूजा (माझी), टिन्छेन फमा (शेर्पा), दुलारी (राजवंशी), ढ्वाङकुम (राई), गो सु नङा (सुनुवार), टुटल लन्गिी (थारी), पा (गुरुङ), मन्दरा (थारु), रैयाँ (मगर), मायासे लासी–३ (तामाङ), कमल पोखरी (नेपालभाषा), तापालय (नेपालभाषा) र तमुसक (मगर) प्रदर्शन गरिनुको अलावा   सहभागी चलचित्रहरुलाई प्रोत्साहन स्वरुप रु. ५०००।– र दर्शकहरुबाट छनौट भएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाइस अवार्ड स्वरुप रु. २५,०००।– नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।