सोमवार, बैशाख १७, २०८१

सेवाग्राहीसँग घुस माग्ने प्रहरी नायब निरीक्षक सहित चारजना अख्तियारको नियन्त्रणमा

काठमाडौ जेठ ६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने   यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ ।  आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार यसरी नियन्त्रणमा  लिएका प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हरि बहादुर थापा र मीनबहादुर तामाङ रहेको जनाएको छ ।   आयोगका अनुसार उनिहरुले सवारी चालकको अनुमतिपत्र दिने प्रयोजनमा उनीहरुले पैसा लिएर परीक्षामा सहभागी नै नगराई उर्तीण गराउने गरेको जनाउको छ । 

 यसैवीच आयोगले हुम्लाको साविक मैला र मदना गाविसका हाल ताजाकोट गाउँपालिका– ५ का वडासचिव गोपालचन्द्र लामालाई रु २४ लाख ५० हजार सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको अभियोगमा आज पक्राउ गरिएको छ । सचिव लामाले सामाजिक सुरक्षा भत्ता र पूँजीगत रकम हिनामिना गरी व्यक्तिगत लाभ लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

काँग्रेस जिल्ला सभापतिको ३ दिने भेला असार ५ देखि हेटौँडामा

काठमाडौ जेठ ६ प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेला आगामी असार ५, ६ र ७ गते हुने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्ला सभापतिको राष्ट्रिय भेला असार ५, ६ र ७ गते मकवानपुरको हेटौँडामा हुन लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।