शुक्रबार, चैत्र १६, २०८०

रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं जेठ ६,  रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ देवकर्नर सेवा समितिद्दारा आयोजित गरेको रक्तदान कार्यक्रममा १ सय ४० जनाले रक्तदान गरेका छन ।

बर्षको दुई पटक देव कर्नर सेवा समितिले रक्तदान गर्दै आएको देव कर्नर सेवा समितिका अध्यक्ष देवसुन्दर शाक्यका अनुसार कार्यक्रममा रक्तदान गर्नका लागी महिला रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको जानकारी दिदै समितिले उपत्यकामा निःशुल्क सव बहान सेवा र गोदाबरीमा २० जनाको क्षमता भएको वृद्ध आश्रम समेत सञ्चाल गर्दै आएको बताउँनु भएको छ ।