सोमवार, बैशाख १७, २०८१

देशभर लोडसेडिङ अन्त्य भएको दाबी सहित प्राधीकरणले गर्यो लोडसेडिङ मुक्तको घोषणा

 काठमाडौ बैशाख ३१,  नेपाल विद्युत प्राधीकरणले आजदेखि देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । यसअघि औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरिएको र योसँगै अब मुलुक लोडसेडिङमुक्त भएको प्राधीकरणले घोषणा गरेको हो ।  सन् २००३ मा शुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म गुग्दै गर्दा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

 खोला र नदीमा पानीको बदेढो वहाव र अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक संचालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात भएसंगै लोडसेडिङ अन्त्य भएको प्राधिकरणले जनाएको छ ।   यस्तै विद्युत प्राधिकरणले विजुलीको माग धेरै हुने बिहान र बेलुकाको सयममा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध पनि गरेको छ । उपभोक्ताको सहयोगमा मात्र लोडसेडिङ अन्त्य गर्न सकिने भएकाले प्राधीकरणको अभियानमा सघाउन कार्यकारी निर्देशक घिसिङले अपील पनि गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।